काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) नेप्से २५ दशमलव ९८ अंकले बढेर १,६७८ दशमलव ७९ को विन्दुमा कायम भएको छ ।हाईड्रोपावर र म्युचुअल फन्ड बाहेक अरु सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।
दिनभरिमा १ सय ९६ कम्पनीको ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ५३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफको २३ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
साल्ट ट्रेडिङ र कर्पोरेट डेभलपमेन्ट बैंकको लगानीकर्ताहरुले १० प्रतिशतका दरले कमाएक छन् भने सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् ।
विशाल बजार कम्पनीका लगानीकर्ताले ४ दशमलव ६१ प्रतिशतका दरले गुमाएका छन् भने अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले २ दशमलव ६९ प्रतिशतका दरले गुमाएका छन् ।