काठमाडौं । आरएमडीसी लघुवित्तले २२ औ बार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तको कात्तिक २४ गते बसेको संचालक समितिको बैठकले मंसिर २५ गते सभा गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताप पारित गर्ने भएको छ।
कम्पनीले साधारणसभाका लागि मङ्सिर ८ देखि मङ्सिर २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । जसका कारण मङ्सिर २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले आर्थिक वर्ष ७५/७६ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल लघुवित्तको चुक्ता पुँजी ८९ करोड ९३ लाख रुपैयाँ रहेको छ।