काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले असोज २४ गतेसम्म रितपूर्वक आवेदन दिने आवेदकहरुलाई हकप्रद शेयर विक्री गरेको हो ।
यस कम्पनीले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर विक्री गरेको हो । कम्पनीले उक्त शेयर असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म विक्री खुला गरेको थियो ।
कम्पनीले भदौ ११ गतेसम्म कायम शेयरधनीहरुका लागि हकप्रद विक्री गरेको हो । हकप्रद प्रयोजनका लागि भदौ १२ गते कम्पनीले बुक क्लोज गरेको थियो । हकप्रद विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १८ करोड १९ लाख ८० हजार रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले दुई सय प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी ५४ करोड ५९ लाख ४० हजार पुगेको छ ।