काठमाडौं । आरएसडीसी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।पहिलो त्रैमासको अवधिमा लघुवित्तको नाफा २३ दशमलव २८ प्रतिशतले बढेर २ करोड ८१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष संस्थाले २ करोड २८ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी १ दशमलव ६७ प्रतिशतले बढेर ३ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष संस्थाले ३ करोड ८५ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । असोज मसान्तसम्म आइपुग्दा संस्थाको संचालन नाफा भने घटेको छ ।
अघिल्लो वर्ष ३ करोड ५६ लाख रुपैयाँ रहेको संस्थाको संचालन नाफा यो वर्ष तीन करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ १२ पैसा छ ।