काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरूले संगम स्विटस्मा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकहरूले संगम स्विटस्का काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखाबाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
नजिकिँदै गरेको तिहारलाई लक्षित गरि ल्याइएको यो योजना बाट बैंकका ग्राहकहरू लाभान्वित हुने, विश्वास बैंकले लिएको छ ।
हालसम्म सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरूबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।