काठमाडौं । साताको दोस्रो दिन (सोमबार) नेप्से ४ दशमलव २२ अंकले बढेर १,६५२ दशमलव ८० को विन्दुमा कायम भएको छ ।बैंकिङ् क्षेत्र, होटल, विकास बैंक, हाईड्रोपावर जीवन बीमा र म्युचुअल फन्ड बाहेक अरु सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।
दिनभरिमा १ सय ९५ कम्पनीको १ करोड ३५ हजार ३ सय १३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ५५ करोड १ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको १३ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने मिथिला लघुवित्त वित्तीय संस्था र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।
घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले ४ दशमलव ८६ प्रतिशतका दरले गुमाएका छन् भने पाँचथर पावर कम्पनीका लगानीकर्ताले ४ दशमलव ३५प्रतिशतका दरले गुमाएका छन् ।