काठमाडौं । स्मार्ट च्वाइसले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउसको दुई लाख ९८ हजार ८० कित्ता संस्थापक शेयर लिलामीमा आवेदन दिने आज अन्तिम हो ।
इच्छुक लगानीकर्ताले आज कार्यालय अवधिसम्ममा यसमा आवेदन दिन सक्नेछन्। कम्पनीले असोज २० गतेबाट प्रतिकित्ता न्यूनतम मूल्य ३ सय ५० रुपैयाँमा यो शेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर त्यस भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्ने छन् ।
यसमा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त बोलपत्र कात्तिक २५ गते बिहान १० बजे मुक्तिनाथ क्यापिटल, हात्तिसारमार्ग काठमाडौंमा खोलिनेछ ।