Connect IPS
IME Life

समता लघुवित्तको नाफा २९४ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ११ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ ।गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा २९४ दशमलव ५६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले २८ लाख ३६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

२२ करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १२ करोड ५१ लाख रुपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी भने २७ दशमलव २७ प्रतिशतले घटेर १ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले २ करोड ३३ लाख ५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असोज मसान्तसम्म कम्पनी ८२ लाख ३८ हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्ष कम्पनीले १४ लाख २७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

संस्थाले यस अवधिसम्म ६५ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गर्दा १ अर्ब ८३ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा संस्थाको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४२ पैसा रहेको । कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ८५ रुपैयाँ ४९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS