काठमडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले घोडीघोडा लघुवित्तको शेयर कारोबार आईतबार (आज) देखि रोक्का गरेको छ ।
घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्त एक आपसमा गाभिने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएकाले नेप्सेले लघुवित्तको शेयर कारोबार रोक्का गरेको जनाएको छ ।