काठमाडौं । गुराँस लघुवित्तले आफ्ना लगानीकर्ताहरुलाई आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको कात्तिक २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको जनाएको छ ।
बैठकले २०७७ साल असार ३१ को वासलात, २०७६ साउन १ गतेदेखि २०७७ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्पूर्ण अनूसुचीहरु अनुमोदनका लागि आगामी साधारणसभामा पेश गर्न स्वीकृति लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको संस्थाले जनाएको छ ।