Connect IPS
IME Life

सिद्धार्थ बैंकले १० करोडसम्मको व्यावसायिक कृषि तथा पशुपालन कर्जा उपलब्ध गराउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउन १० करोडसम्मको कर्जा सुविधा उपलब्ध गराउने भएको छ ।
ग्राहकलाई सहज रूपमा सो कर्जा प्रदान गर्न बैंकले ‘व्यावसायिक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएकोे जानकारी दिएको छ ।

कृषि तथा पशुपंक्षीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी देशमा उत्पादन एवं रोजगारी अविवृद्धि गर्ने उद्देश्यका साथ बैंकले यो कर्जा सुविधा ल्याएको बताएको छ ।

Prabhu
Crest

कृषि क्षेत्रको विकासलाई दृष्टिगत गर्दै बैंकले प्रवाह गर्ने यस कर्जा सुविधाले ग्राहकलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढि हौसला पुग्ने र कृषि क्षेत्र बिस्तारै आधुनिकीकरण एवं व्यावसायीकरणतर्फ उन्मुख हुने विश्वास बैंकको छ ।

सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । १० करोड सम्मको कर्जा सुविधा, प्रशासनिक र नवीकरण शुल्क नलाग्ने, १५ वर्ष सम्मको कर्जा अवधि तथा ब्याज अनुदान ५ वर्षसम्म प्राप्त हुने यस कर्जा योजनाका प्रमुख विशेषता भएको बैंकको भनाइ छ ।

यस कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा ग्राहक समक्ष ल्याईएको देशको कृषि तथा पशुपंक्षीजन्य क्षेत्रका उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS