काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार वटा कम्पनीको २ करोड ११ लाख भन्दा बढी कित्ता शेयर सूचिकृत भएको छ ।
नेप्सेमा यो साता हिमालयन जनरल इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, तिनाउ मिसन डेभलपमेन्ट बैंक र सानिमा जनरल इन्स्योरेन्सको शेयर सूचिकृत भएको हो ।नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्सको ४ लाख १० हजार ८ सय ८० कित्ता सेयर सूचिकृत छ भने गुराँस लाइफ इन्स्योरेन्सकोे ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ ।
त्यस्तै, मिसन डेभलपमेन्ट बैंकको १३ लाख ७३ हजार १.७५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सानिमा जनरल इन्स्योरेन्सको १ करोड कित्ता शेयर आइपीओ नेप्सेमा सूचिकृत भएको छ ।