काठमाडौं । दोस्रो बजार सम्बन्धी काम गर्ने स्टक ब्रोकर कम्पनीहरुको साझा संस्था स्टक ब्रोकर एशोसिएशन अफ नेपालको २६ औं साधारणसभा भोलि शुक्रबार हुँदैछ ।
भोलिको साधारणसभाले नयाँ नेतृत्वको चयन गर्ने अध्यक्ष भरत रानाभाटले बताए । नयाँ नेतृत्व चयनसहित विविध प्रस्ताव पारित गर्न एशोसिएशनको २६ औं वार्षिक साधारण सभा शुक्रवार हुन लागेको संघले जनाएको छ ।
स्टक ब्रोकर एशोसिएशनमा नयाँ नेतृत्वको लागि सर्वसम्मत नभएको अवस्थामा भोलि निर्वाचन हुनेछ । आज अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । नयाँ नेतृत्वमा को आउँछ अहिले नै भन्न नसकिने अध्यक्ष रानाभाटले बताए ।