काठमाडौं । सिटिजन्स बैंकको लाभांश परिमार्जन गरेको छ । बैंकले यस अघि घोषणा गरेको लाभांशमा कुल लाभांश परिवर्तन नगरी बोनस र नगद लाभांशको दर मात्र परिमार्जन गरेको हो ।
योसंगै बैंकले आर्थिक वर्ष २०७६/७७ नाफा चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम बोनस र नगद लाभांशको दर परिमार्जन गरेको हो ।
उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने छ ।