काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल १७.८३१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । संस्थाले २०७६ /७७ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
संस्थाको कार्तिक १९ गते, बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १६.९३९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ०.८९१६ प्रतिशत नगद नगद लाभांश गरी कुल १७.८३१५ प्रतिशत लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।