काठमाडौं । आज शेयर बजार नेप्से परिसुचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसुचक २ दशमलव ३९ अंकले घटेर १,६४० दशमलव ६४ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ, होटल्स, हाइड्रोपावर, म्युचअल फण्ड र अन्य उपसूचक बढेका छन् भने बाँकी उपसूचक घटेका छन् ।
आज दिनभरिमा २ सय २ कम्पनीको ५६ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ७४ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको ९ करोडमाथिको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल टेलिकमको ७ करोडमाथि, अपी पावरको ५ करोडमाथि र गुराँस लाइफ इन्स्योरेन्सको ४ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, सानिमा जनरल इनस्योरेन्सका लगानीकर्ताले ९ दशालव ९७ प्रतिशतका दरले कमाएका छन् । कालिका पावर कम्पनी र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ६ प्रतिशतभन्दा बढीको दरले कमाएका छन् ।
त्यसैगरी आज शिभ श्री आइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् ।