काठमाडौं । कुमारी बैंकले बुटवलस्थित पेडा तथा मिठाईका लागि प्रसिद्ध पवन मिष्ठान भण्डारसँग सम्झौता गरेको छ । उक्त सम्झौतापछि बैंकका डेबिट/क्रेडिट कार्डवाहकले पवन मिष्ठान अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाईलगायत अन्य खाद्यवस्तुमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौतामा बैंकका लुम्बिनी प्रदेश प्रमुख राममणि अधिकारी र पवन मिष्ठान भण्डारका प्रोप्राइटर पवनकुमार हलवाईले हस्ताक्षर गरे ।
बैंकले आउँदै गरेको तिहारमा ग्राहकले गुणस्तरीय व्यञ्जनलगायत मिठाईमा छुट प्राप्त गर्न सकून् भन्ने उद्देश्यले उक्त सम्झौता गरिएको बैंकले बताएको छ ।
बैंकले हाल १ सय ८४ शाखा सञ्जाल, १ सय ४४ एटीएम, २१ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा सुविधा दिँदै आएको छ ।