काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ । बैंकले कार्तिक १४ गते शुक्रबार सेबोनमा निवेदन पेश गरेको हो ।
बैंकले ८ वर्ष अवधिको लागि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘८.७५ प्रतिशत, ८ वर्ष प्राइम डिबेन्चर २०८५’ नाम गरेको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन पेश गरेको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २१ लाख कित्ता बिक्री गर्ने जनाएको छ ।
ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।