काठमाडौं । बेष्ट फाइनान्सको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शैलेन्द्र बादे श्रेष्ठ नियुक्त भएका छन् ।फाइनान्सको कार्तिक १७ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई कामु सीईओ नियुक्त गरेको हो ।साथै सोही बैठकले राज सुन्दर श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।
त्यस्तै, उक्त बैठकले रिक्त रहेको महिला संचालक पदमा संस्थापक समूहतर्फबाट सुशिला खनाललाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।