Connect IPS
IME Life

राष्ट्र बैंकद्धारा आरएमडिसी लघुवित्तको लाभांश स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरएमडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको २० प्रतिशत लाभांश घोषणा नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।राष्ट्र बैंकको कार्तिक १३ गते एक पत्रमार्फत लघुवित्तको लाभांश प्रस्ताव स्वीकृत गरी वित्तीय विवरण प्रकाशन गर्न अनुमति प्रदान गरेकोे लघुवित्तले जनाएको छ ।

लघुवित्तको भदौ २२ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई १५ प्रतिशतले हुन आउने (१३ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस) र करसहित ५ प्रतिशतले हुन आउने (४ करोड ४९ लाख रुपैयाँ) बराबरको नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

Prabhu
Crest

योसँगै अब लघुवित्तले साधारण सभा आह्वान गरी कुल १७ करोड ९८ लाख ६४ हजार बराबरको लाभांभ वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । प्रस्तावित लाभांश लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात् शेयरधनीहरुले पाउनेछन् ।

लघुवित्तको हालको चुक्ता पुँजी ८९ करोड ९३ लाख रुपैयाँ रहेको छ भने बोनस पश्चात् लघुवित्तकोे चुक्ता पूँजी एक अर्ब ३ करोड रुपैयाँ पुग्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS