IME Life
GBIME

ज्योति लाइफको कुल बीमा शुल्क आर्जन ९७% ले बढ्यो, जीवन बीमा कोषमा २ अर्ब बढी, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तिय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ६५ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्गिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९७ प्रतिशतले बढी हो ।

त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५२ करोड ५३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २६ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९८ प्रतिशतले बढी हो ।

Crest

१ अर्ब ५४ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोषमा ४६ करोड ५ लाख रुपैयाँ संचिती रहेको छ । कम्पनीको जीवन बीमा कोषमा २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा ५ करोड ११ लाख रुपैयाँ रहेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले ४२ लाख ८६ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ९ करोड ६३ लाख र व्यवस्थापन खर्च बापत ५ करोड २३ लाख खर्च गरेको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीको प्रति सेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ३३ रुपैयाँ २३ पैसा रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS