काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ३० पैसाले घटेको छ ।अघिल्लो महिनाको तुलनामा असोज महिनामा ३० पैसाले घटेर ११ रुपैयाँ ६६ पैसामा कायम भएको छ ।
अघिल्लो महिनामा फण्डको न्याभ ११ रुपैयाँ ९६ पैसा रहेको थियो । यस योजनाले असोज मसान्तसम्ममा १ अर्ब ६ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । यो अघिल्लो महिनाको भन्दा १ दशमलव ४६% ले घटेको हो । भदौ महिना यस फन्डले एक अर्ब ८ करोड ३५ लाख ४ हजार रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।