काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई ११ दशमलव ८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।बैंकको गत बिहीवार बसेको संचालक समिति बैठकले गत आर्थिक बर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयर र ४ दशमलव ८४ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउने छन् ।