Connect IPS
IME Life

दशैंको मौका छोपेर बजारमा नक्क्ली नोट छ्यापछ्याप्ती

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दशैंको मौका छोपेर नक्कली नोटको गिरोहले बजारमा नक्कली नोट प्रवाह गरेको रहस्य खुलेको छ । दशैंको भिडभाडको मौका छोपेर जिल्ला प्रहरी कार्यालय चितवनले तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको जनाएको छ ।

चितवन प्रहरीका अनुसार दशैंको मौका छोपेर नक्कली नोटको कारोबार गर्ने मकवानपुरको राक्सीराङ गाउँपालिका–८ का २६ वर्षीय जीतबहादुर लोप्चनलाई पक्राउ गरेको जनाएको छ । नक्कली नोटको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले राप्ती नगरपालिका–५ चौकीडाँडाबाट मङ्गलबार उनलाई पक्राउ गरी बिहिवार सार्वजनिक गरेको हो ।

Prabhu
Crest

प्रहरीले लोप्चनको साथबाट एक हजारको १२ थान नक्कली नोट बरामद गरिएको थियो । उनले चितवनस्थित भण्डाराको युनिक होटलमा खाजा खाएर तिरेको एक हजार र बर्तौला किराना पसलमा तिरेको रु छ हजारसमेत नक्कली रहेको प्रहरीले जनाएको छ । लोप्चन आफै नोटका कारोबार हुन वा अर्को कुनै गिरोहले उनीमार्फत नोट प्रवाह गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS