काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली युवाले चालू आर्थिक वर्षको दुई महिनामा १ खर्ब ६५ अर्ब ७३ करोड विप्रेषण नेपाल पठाएका छन् ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ८ दशमलव १ प्रतिशतले वृद्धि भई १ खर्ब ६५ अर्ब ७३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ० दशमलव ६ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ दशमलव ६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको छ ।अघिल्लो वर्ष यस्तो आप्रवाह १ दशमलव ६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या ९९ दशमलव २ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ० दशमलव २ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६ दशमलव ५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० दशमलव ३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ४ दशमलव ४ प्रतिशतले वृद्धि भई १ खर्ब ८३ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ० दशमलव ५ प्रतिशतले बढेको थियो ।