काठमाडौं । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २ दशमलव ३ प्रतिशतले वृद्धि भई २०७७ भदौ मसान्तमा रु.१४३३ अर्ब ६७ करोड पुगेको छ ।अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ भदौ मसान्तमा १२ अर्ब २० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमारहेको सञ्चिति २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड रहेकोमा २०७७ भदौ मसान्तमा रु.१२५५ अर्ब पुगेको छ ।बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्रअमेरिकी डलर दश लाखमा बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड रहेकोमा २०७७भदौ मसान्तमा रु.१७८ अर्ब ६६ करोड पुगेको छ ।
२०७७ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।