काठमाडौं । नेप्से १३ दशमलव ९४ अंकले बढेर १,५९७ दशमलव ७१ को विन्दुमा कायम भएको छ ।होटल, हाईड्रोपावर, फाइनान्स र उत्पादनमूलक क्षेत्र बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा १ सय ९२ कम्पनीको ५५ लाख ९ हजार ४ सय ४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
एनआईसी एशिया बैंकको २४ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । कुमारी बैंकको ८ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।जनरल इन्स्योरेन्सका लगानीकर्ताले आज ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, नेपाल हाईड्रो डेभलपरका लगानीकर्ताले ४ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् ।
नेपाल फाइनान्सका लगानीकर्ताले ५ दशमलव ०५ प्रतिशतका दरले गुमाएका छन् भने खानीखोला हाईड्रोपावरका लगानीकर्ताले ४ दशमलव ७२ प्रतिशतका दरले गुमाएका छन् ।