काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकको कार्तिक ४ गते, बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।