काठमाडौं । नेप्से १२ दशमलव ४७ अंकले बढेर १,५८२ दशमलव ८४ को विन्दुमा कायम भएको छ ।आज सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा १ सय ९३ कम्पनीको ४९ लाख १३ हजार ४ सय ४९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
अरुण काबेली ८ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । अपी पावरको ७ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।जनरल इन्स्योरेन्सका लगानीकर्ताले आज ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, माउन्टेन हाईड्रो नेपालका लगानीकर्ताले ९ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।
नेपाल फाइनान्सका लगानीकर्ताले १ दशमलव ८६ प्रतिशतका दरले गुमाएका छन् भने रिलायन्स फाइनान्सका लगानीकर्ताले १ दशमलव ६४ प्रतिशतका दरले गुमाएका छन् ।