काठमाडौं । उन्नती सहकार्य लघुबित्त बित्तियको शाखा कार्यालय योगीकुटी रुपन्देहीले मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । लघुुबित्तले बुटवल ११ ,देबीनगर रुपन्देहीका ४० बर्षिय दुर्गा बहादुर थापाको मृत्यु भएकोमा उनकी श्रीमती कल्पना थापा क्षेत्री लाई बीमा बापत १ लाख रुपैयाँ प्रदान गरेको हो ।
मृतक थापाको मृत्युले शोकाकुल बनेकी उनकी श्रीमती लाई उन्नती बिकासपथ महिला समुह केन्द्र न २७ का सम्पुर्ण सदस्य,केन्द्र संचालक संजय कुमार भर,कर्मचारी सरोज पाण्डे सहितको उपस्थितीमा शाखा प्रबन्धक बसन्ती खत्रीले ग्राहक सदस्य कै घरमा पुगी रकम प्रदान गरेका हुन् ।
हालै सहकार्य लघुबित्त संग मर्जर भई केन्द्रिय कार्यालय सिद्धार्थनगर रुपन्देही रहेको राष्ट्रियस्तरको उन्नती सहकार्य लघुबित्तले आफ्ना ग्राहक सदस्यहरुलाई सुत्केरी खर्च,काज कृया खर्च र कर्जा बीमा सम्बन्धि राहत प्रदान गर्दै आइरहेको छ ।