काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ दशमलव ७० प्रतिशत बोनस शेयर र कर सहित ३ दशमलव ३० प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।