काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । जसमध्ये राष्ट्र बैंकले सात अर्ब २० करोड रूपैयाँ बराबरको पुरानै ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने चार अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो।
बैंकले ३ सय ६४ दिनको अवधिको लागि चार अर्ब रूपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल कार्तिक २ गते परिपक्क हुनेछ ।कार्तिक ३ गते (आज) तीन बजे बोलकबोल भएर भोलि (कार्तिक ४ गते) ट्रेजरी बिल बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।