Connect IPS
IME Life

नेपालमा पहिलो पटक नर्स र अस्पताल सञ्चालकको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट नर्स र अस्प्ताल सञ्चालकको मृत्यु भएको छ ।

७० बर्षिय नर्स विद्या जोशीको कोरोनाबाट मृत्यु भएको नेपाल नर्सिङ संघले जनाएको छ । जोशी कोरोनाबाट मृत्यु हुने पहिलो नर्स हुन् । राजधानीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराइरहेकी जोशीको गत शुक्रबार मृत्यु भएको संघले जनाएको छ । उनी लामो समय बीर अस्पतालमा गरेकी थिईन् ।

Prabhu
Crest

यसैबीच, कोरोना भाइरस संक्रमणबाट मोरङमा अस्पताल सञ्चालकको मृत्यु भएको छ । मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका–१ रहेको मोरङ हस्पिटलका सञ्चालक ५३ वर्षीय रामकाजी थापाको मृत्यु भएको प्रदेश १ स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनी अस्पतालमै एक्सरे सम्बन्धी काम गर्दै आएका थिए । सञ्चालक समेत रहेका थापाको आज विहान मृत्यु भएको हो ।

पछिल्लो पटक कोरोना भाइरसको संक्रमण नेपालमा फैलने क्रममा छ । नेपाल हालसम्म एक लाख ३२ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । नेपालमा हालसम्म कोरोना भाइरसबाट ७३९ जनाको मृत्यु भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS