काठमाडौं केयर रेटिङस नेपाल लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको साधारण सभा हुँदैछ । केयर रेटिङस नेपाल लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको साधारण सभा आज हुने भएको छ ।
केयर रेटिङस नेपाल लिमिटेडको भाद्र ३० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौथो वार्षिक साधारण सभा केयर रेटिङस नेपाल लिमिटेड, स्टार मल, दोश्रो तल्ला, काठमाडौँमा बेलुका ३ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ । त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २१ दशमलव ०५२६३ प्रतिशतका दरले नगद लाभांश (कर सहित) स्वीकृत गरिनेछ ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको असोज ९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको तेर्हौँ वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय जमल, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुने जनाएको छ ।
त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको ६।५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ । यसका साथै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।
त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा रहेको छ ।