काठमडौं । काठमाडौं उपत्यकामा थप एक हजार ६ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङ्मा डा. जागेश्वर गौतमले यसतो जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरमा १ सय ३० जना कोरोना संक्रमित थपिएका हुन् । आज देशभभर २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।