काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको तेस्रो वार्षिक साधारण सभा कात्तिक ३ गते हुने भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय जमल, काठमाडौंमा हुने भएको जनाएको छ ।
कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त साधारण सभा गर्ने मिति तय गरेको हो ।
सभाले कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, प्राइभेट इक्विटी भेञ्चर कयापिटल सम्बन्धी कार्य गर्ने व्यवस्था थप गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सञ्चालक समितिले ६ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेका छन् ।