Connect IPS
IME Life

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने, स्वाप रेसियो कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने /गाभिने तथा प्राप्ती सम्बन्धी नियमावली २०७३, बमोजिम काठमाडौंको नारायाहिटी पथमा केन्द्रीय कार्यालय रहेको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत पत्र प्राप्त बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न आज प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बुटवलमामा आज साझ एक कार्यक्रमका बीच यी दुई कम्पनीले हस्ताक्षर गरेको बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकको तर्फबाट संचालक, मर्जर तथा प्राप्तीका संयोजक प्रवल जंक पाण्डे र तिनाउ मिसन डेभलपमेन्ट बैंकको तर्फबाट संचालक, मर्जर तथा प्राप्तीका संयोजक राजेन्द्र प्रसाद ओझाले एक आपसमा हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

तिनाउ मिसन डेभलपमेन्ट बैंकको १०० कित्ता शेयर हुनेले सिटिजन्स बैंकको ९६ कित्ता शेयर पाउने प्रारम्भिक सम्झौता भएको जनाइएको  छ ।

हालसम्म सिटिजन्स बैंकले १ सय ११ वटा शाखा कार्यालय, ९९ वटा एटिएम, १ सय ४ वटा शाखा रहित बैंकिङ मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । त्यस्तै, तिनाउ मिसन डेभलपमेन्ट बैंकले हालसम्म ५३ वटा शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS