Connect IPS
IME Life

एनएमबी बैंकको नेतृत्वमा साढे तीन अर्ब सेती नदि जलविद्युतमा लगानी गर्ने सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

बुटवल । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधिन सेती नदी जलविद्युत आयोजनाका लागि ३ अर्ब ५० करोड ऋण लगानी सम्झौता भएको छ । एनएमबि बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ऋण लगानी गर्न लागेको जनाएको छ ।

भिजन लुम्बिनी उर्जा प्रवद्र्धन कम्पनीद्वारा प्रर्वद्धित यो आयोजनामा करिब पाँच अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । त्यसमध्ये यी ३ वित्तीय संस्थाले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।

Prabhu
Crest

कम्पनीमार्फत निर्माण सम्पन्न गरिने सेतीनदी जलविद्युत आयोजनाको लागि एनएमबि बैँकको अगुवाईमा एनएमबि बैँक मार्फत २२० करोड, कर्मचारी सञ्चय कोषमार्फत ८० करोड र कृषि विकास बैंक मार्फत ५० करोड गरि जम्मा ३५० करोड ऋण लगानी हुने सम्झौता भएको हो ।

सम्झौतापत्रमा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र एन एम विका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरे ।

आयोजनाका लागि बैंकहरुको तर्फवाट कुल लागत ५०० करोड को ७० प्रतिशतले हुने रकम ३५० करोड ऋण लगानी हुनेछ भने काठमाण्डौ, पोखरा, चितवन, तनहुँ, विशेष रुपमा बुटवलवासी र माछापुच्छ्रे गाँउपलिकाका स्थानीयहरु समेत शेयरधनी भई प्रबर्दकहरुको तर्फवाट ३० प्रतिशतले हुन आउने १५० करोड रकम लगानी हुने बताएको छ ।

आयोजनाको ३० प्रतिशत स्वपूँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको ऋण लगानी हुने समेत जनाइएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS