काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड भएको छ । आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडको हलमा बाँडफाँड गरिएको हो । गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा दुई लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका छन् भने बाँकी पाँच लाख ९१ हजार जनाको हात खाली भएको छ ।
कम्पनीले असोज २१ गते बाट असोज २५ गते सम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये एक लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, एक लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।
आइपीओ रिजल्ट हेर्नलाई यो लिंकमा लिंकमा क्लिक गर्नुहोस्