काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदका लागि कर्मचारीको माग गरेको हो ।
बैंकले भईरहेका विभिन्न शाखा कार्यालयका लागि र अब खुल्ने विभिन्न शाखा कार्यालयका लागि लागि कर्मचारी मागेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आज असोज २८ गतेसम्ममा इमेल मार्फत आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।