काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको राजविराज शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतकको परिवारलाई दाबी भुक्तानी गरेको हो ।बीमीत मृतक स्व. मानशेयरदेवी मण्डलको असार २७ गते डाक्नेश्वरी–७ मा दोहोरो झडपमा मृत्यु भएको थियो ।
कम्पनीको राजविराज शाखका शाखा प्रबन्धक विजय कुमार साहले मृतकको छोरा श्याम कुमार मण्डललाई ५ लाख ३६ हजार १ सय २० रुपैयाँ हस्तान्तरण गरेको हो । मृतक मण्डलले छ महिना पहिले कम्पनीमा बीमा गराएका थिए ।