काठमाडौं । सानिमा बैंकले चाडपर्वको अवसरलाई लक्षित गर्दै सस्तो डिलसँगको सहकार्यमा “बिग डिल एट सस्तो डिल” योजना ल्याएको छ ।बैंकले चाडपर्वलाई लक्षित गर्दै आफनो ग्राहकहरुको सुविधाका लागि उक्त योजना ल्याएको जनाएको छ ।
जस अन्तरर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २ हजार ५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “फस्ट कम फस्ट सर्भिस ” को आधारमा छुट प्रदान गरिने छ । यो योजना २७ आश्विन देखि १ कात्र्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुने छ ।