जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ नेप्सेमा सूचिकत भएको छ । नेप्सेले आज जनरल इन्स्योरेन्सको आईपिओ सूचिकृत गरिएको जनाएको छ । नेप्सेले कूल एक करोड कित्ता १००।– रुपैयाँ अंकित साधारण शेयर सूचिकृत भएको जनाएको छ ।
जनरल इन्स्योरेन्सको शेयर ३० लाख कित्ता सर्वसाधारण समुहको शेयर सूचिकृत भएको छ भने ७० लाख कित्ता संस्थापक शेयरधनीको शेयर सूचिकृत भएका छ । सूचिकृत भएसँगै जनरल इन्स्योरेन्सको शेयर सम्भवतः भोलिबाट कारोबार हुनेछ ।
जनरल इन्स्योरेन्स कम्पनीको आईपिओले ओपनिङ रेन्ज १०१.७६ रुपैयाँ देखि अधिकतम ३०५.७६ रुपैयाँ तोकिएको नेप्सेद्वारा आज जारी सूचनामा उल्लेख छ ।