Connect IPS
IME Life

सनराइज बैंकद्धारा जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त क्लबलाई सहयोग गरेको हो ।

आइतबार बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जोन्ता क्लब काठमाडौंकी अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरेका छन् ।

Prabhu
Crest

कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्णरुपले संचालन गर्न नसकिएको हालको अवस्थामा केही निजि विद्यालयहरुले डिजिटल कक्षाहरु संचालन गर्दै आएका छन् । तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु संचालन गर्न प्रयाप्त सोत्र, साधान र प्रविधिको अभाव रहेको छ ।

यसै कुरालाई मध्यनजर गदै सनराइज बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको भानु मा.वि.का विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौलाई ३ लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।

सनराइज बैंकले परिमार्जित प्रविधिलाई अवलम्बन गर्दै “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अगाडी बढाउँदै आएको र यसै अनुरुप देश विकासको अपरिहार्य शिक्षामा पनि डिजिटल गर्ने उद्घेश्यका साथ बैकले उक्त सहयोग गरेको बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS