काठमाडौं । आजबाट स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार सुरू गरेका छन् ।
नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई असोज २ गते अन्तिम स्वीकृती प्रदान गरिसकेको छ ।
दुवै कम्पनीको श्रावण १० गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि असोज १९ गते स्वीकृती प्रदान गरेको थियो ।
अब स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने जनाएको छ ।