काठमाडौं। माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाईट काठमाडौँ बीच छुटा–छुटै छुट सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापश्चात् बैंकका ग्राहकहरुले दुईवटै तारे होटलको खाना र पेय पदार्थमा १६ प्रतिशत छुट पाउने छन् ।ग्राहकहरूले उक्त छुट सुविधा, बैंकको डेबिट÷के्रडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।