काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार दुई हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङ्मा डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार काठमाडौँका २ हजार ८५ , ललितपुरका ३ सय २० , तथा भक्तपुरका १ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो।आज थप देशभर कुल चार हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्।