IME Life
GBIME

सिभिल लघुवित्तको लिलामी शेयर असोज २५ गते देखि विक्री खुला हुने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको लिलामी शेयर असोज २५ गते देखि विक्री खुला हुने भएको छ । कम्पनीले संस्थापक समुहको ११ हजार ६०८ कित्ता शेयर र ७७ हजार ८४२ कित्ता सर्वसाधारण समुहको शेयर गरी कुल ८९ हजार ४५० कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

लिलामी शेयरमा कम्पनीकै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले पनि आवेदन दिन सक्नेछन । कम्पनीले भदौ २५ गतेदेखि असोज २९ गते सम्म निष्कासन गरेको हकप्रद शेयरमा विक्री नभएको शेयर लिलामीमा विक्री खुला गरेको हो ।

Crest

लगानीकर्ताले संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समुहको हकमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य १०० तोकिएको हुँदा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल लिमिटेड रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS