Connect IPS
IME Life

युनाइटेड इदी–मर्दीको आइपीओमा कात्तिक ६ गतेसम्म आवेदन दिन सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि विक्रीमा आएको युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओ कात्तिक ६ गतेसम्म विक्रीमा रहने भएको छ ।

यस आईपीओ छिटो अवधि असोज २१ गतेभित्र विक्री नभएकाले ढिलो अवधि अर्थात् कात्तिक ६ गतेसम्म विक्रीमा रहने भएको हो । कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाका स्थानियको लागि ४ करोड २० लाख बराबरको ४ लाख २० हजार कित्ता आईपीओ विक्री खुला गरेको हो ।

Prabhu
Crest

यो शेयरको न्यूनतम मूल्य १०० तोकिएको छ ।कम्पनीले कुल १० लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट गत फागुन ११ गतेनै स्वीकृति पाएको थियो ।

यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि ४ लाख २० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता शेयर विक्री खुला गर्नेछ ।

शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजारकित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई मध्यम रुपमा वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS