Connect IPS
IME Life

भदौंमा जीवन बीमा शुल्क ३९%ले घट्यो, कुन कम्पनीको अवस्था कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले कोभिड–१९ कोरोना भाइरस नियन्त्रण गर्न भदौ महिनामा लगाइएको निषेधाज्ञाका कारण जीवन बीमा व्यवसाय प्रभावित भएको देखिएको छ।

चालु आवको साउन महिनाको तुलनामा भदौमा जीवन बीमा ३९ दशमलव ६ प्रतिशतले घटेको छ । राष्ट्रिय बीमा संस्थानको भूमिका कटाउँदा समग्र जीवन बीमा क्षेत्रमा औषतमा २२ प्रतिशतले घटेको छ ।कोरोना संक्रमण बढे पश्चात् नियन्त्रण गर्न चैत दोस्रो साताबाट लगाइएको निषेधाषा खुकुलो भएपश्चात् गत असार र साउनमा महिनामा जीवन बीमाको व्यवसायमा केहि सुधार देखिएको थियो । दुई महिनामा जीवन बीमाको व्यवसायमा केहि सुधार देखिएपनि भदौ महिनाको तथ्याङ्क हेर्दा जीवन बीमाशुल्क आर्जन ३९ दशमलव ६ प्रतिशतले घटेको देखिएको छ ।

Prabhu
Crest

बीमा समितिको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले साउन महिनामा १३ अर्ब ०४ करोड रुपैयाँ संकलन गरेको थियो भने भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८८ करोड रुपैयाँ संकलन गरेका छन् । जीवन बीमा कम्पनीहरुले दुई महिनाको अवधिमा २० अर्ब ९२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार साउन महिनाको तुलनामा भदौं महिनाको जीवन बीमा शुल्क आर्जन ११ जीवन बीमा कम्पनीको कम्पनीको घटेको छ । साउन महिनाको तुलनामा नेपाल लाइफ, नेशनल लाइफ, एशियन लाइफ, यूनियन लाइफ, मेट लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ र प्रभु लाइफको बीमाशुल्क आर्जन घटेको छ ।

समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार सबैभन्दा धेरै कारोबार गर्ने नेपाल लाइफ इन्स्योरेन्सको अघिल्लो महिनाको तुलनामा बीमाशुल्क आर्जन ४१ दशमलव ८ प्रतिशतले घटेर २ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ । साउन महिनामा कम्पनीले ३ अर्ब ९७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

नेशनल लाइफको बीमाशुल्क आर्जन अघिल्लो महिनाको तुलनामा भदौं महिनामा ३५ दशमलव ८ प्रतिशतले घटेर ६८ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो महिनामा कम्पनील एक अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

दुई महिनाको अवधिमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको बीमाशुल्क आर्जनमा मात्र सुधार देखिएको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क आर्जन भारी मात्राले गिरावट आएको छ । भदौं महिनामा ६१ करोड रुपैयाँ आर्जन गरेको राष्ट्रिय बीमा संस्थानले साउन महिनामा तीन अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । साउन महिना राष्ट्रिय बीमा कम्पनीको लागि मुख्य बीमा शुल्क आम्दानी हुने महिना हो । राष्ट्र सेवक कर्मचारीहरुले एकै पटक जीवन बीमा शुल्क भुक्तानी हुने भएकोले साउन महिनाको जीवन बीमा शुल्क साढे तीन अर्बभन्दा बढि हुन पुगेको थियो ।

त्यस्तै, लाइफ इन्स्योरेनस कर्पोशन (नेपाल) को बीमा शुल्क आर्जन ४० प्रतिशतले बढेर १ अर्ब ४७ करोड रुपैयाँ आजर्न गरेको छ । अघिल्लो महिनामा कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बीमाशुल्क आर्जन संंकलन गरेको थियो ।
त्यस्तै, ज्योति लाइफले भदौ मसान्तमा १८ करोड, रिलायबल लाइफले १६ करोड रुपैयाँ, सन नेपाल लाइफले ११ करोड रुपेयाँ र महालक्ष्मी लाइफले ५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Source: Beema Samiti

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS